बंगलादेशको राजधानी ढाकाको एक आवासीय भवनमा शुक्रबार बिहान आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। छ तले भवनको पहिलो तलामा बिहान ७:५४ बजे आगो लागेको बताइएको छ। अग्नि नियन्त्रकको प्रयासपछि करिब बिहान १० बजे आगो नियन्त्रणमा लिइएको थियो। घाइतेमध्ये १० जनाको अस्पतालमा उपचार भइरहेको छ। आगलागीको कारण हालसम्म खुल्न सकेको छैन।

