नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ। कोष अध्यक्ष तुलसीप्रसाद घिमिरेले शुक्रबार अर्थमन्त्री रामेश्वर खनाललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।
यससँगै पुनर्निर्माण कोषमा जम्मा भएको कुल सहायता रकम १४ करोड ७ लाख रुपैयाँ पुगेको अर्थ मन्त्रालयले जनाएको छ। सरकारका तर्फबाट अर्थमन्त्री खनालले नागरिक लगानी कोषलाई योगदानप्रति धन्यवाद व्यक्त गरेका छन्।

