राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमा आएको प्राविधिक समस्याका कारण सेवा दुई दिनदेखि अवरुद्ध भएको छ।
प्रणालीको मर्मत कार्य जारी रहेकाले मर्मत सम्पन्न नभएसम्म सेवा प्रवाह बन्द रहने विभागले जनाएको छ। अनलाइनमार्फत राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड वितरण, विवरण सच्याउने सेवा, जन्मदर्ता गर्दा राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त हुनेलगायतका सेवाहरू हाल प्रभावित भएका छन्।
मर्मत कार्य पूरा हुनासाथ सेवा पुनः सुचारु गरिने विभागले जानकारी दिएको छ।

