
अमेरिका, डेनमार्क र ग्रिनल्यान्डका अधिकारीबीच वासिङटन डीसीमा भएको ‘ग्रिनल्यान्डको भविष्य’सम्बन्धी उच्चस्तरीय वार्ता कुनै निष्कर्षबिना सकिएको छ । अमेरिकाले ग्रिनल्यान्ड कब्जा गर्ने नीतिमा अडान कायमै राखेपछि सहमति जुट्न नसकेको डेनमार्कले जनाएको छ । यद्यपि, सबै पक्षले भविष्यमा छलफल जारी राख्ने र उच्चस्तरीय कार्यगत समूह बनाउने सहमति गरेका छन् । यसैबीच डेनमार्कको समर्थनमा नाटो र युरोपेली देशहरूले ग्रिनल्यान्डमा सैन्य अभ्यास सुरु गरेका छन् ।

