
सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबिआई बैंक शाखामा भएको लुटपाट घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार बेलुकी बैंकबाट ३ करोड ११ लाख रुपैयाँ लुटेर फरार भएका उनीहरूलाई स्थानीयवासीले भाग्दाभाग्दै नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका हुन्।
लुटेराहरूले बैंकको पछाडिको ढोकाबाट प्रवेश गरी सुरक्षा गार्डमाथि आक्रमण गरेका थिए भने बैंक कर्मचारीलाई बन्धक बनाइएको थियो। भाग्ने क्रममा केही रकम गाडीमै छोडिएको र केही जंगलमा फेला परेको प्रहरीले जनाएको छ।
लुटपाटमा प्रयोग भएको गाडी र चालक यसअघि नै नियन्त्रणमा लिइसकेको प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

