रवि लामिछानेविरुद्धको आरोपपत्र संशोधनका लागि स्वीकृति दिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।
युवराज पौडेलले उक्त निर्णय संविधान र कानून विपरीत भएको दाबी गर्दै बदरको माग गरेका हुन् । रिट निवेदन सर्वोच्च अदालतको मुद्दा महाशाखामा दर्ता भई अध्ययनको क्रममा रहेको छ ।
मुद्दा फिर्ता हुनसक्ने जोखिम रहेको उल्लेख गर्दै निवेदकले कामकारवाही अघि नबढाउन अन्तरिम आदेशको मागसमेत गरेका छन् । यस प्रकरणमा अदालतको आगामी आदेश र सुनुवाइ मितिप्रति सबैको चासो बढेको छ ।

