काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगर प्रमुख पदबाट राजीनामा दिएका छन्। आइतबार उनले आफ्नो राजीनामा पत्र महानगर उपप्रमुख सुनिता डंगोलसमक्ष बुझाएका हुन्।
राजीनामा दिएसँगै शाह रास्वपा पार्टी कार्यालय पुगेका छन्। मेयर शाहले राजीनामा दिएको जानकारी उनका प्रेस सल्लाहकार सुरेन्द्र बजगाईंले पुष्टि गरेका छन्। उनका अनुसार आइतबार अपराह्न शाहले औपचारिक रूपमा राजीनामा बुझाएका हुन्।

