काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले झापा–५ बाट उम्मेदवारी दर्ता गराएका छन्। उनका समर्थकमा भेषराज भट्टराई र प्रस्तावकमा भूमिनन्दन बराल रहेका छन्।
मंगलबार सयौँ समर्थकसहित नाराबाजी र झाँकीसहित बालेन निर्वाचन कार्यालय पुगेका थिए। उनको उम्मेदवारीसँगै झापा–५ को चुनावी माहोल थप रोचक बनेको छ। रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा प्रोजेक्ट गरेका बालेन र एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। उता, नेकपाले झापा–५ मा पूर्व विद्यार्थी नेता रञ्जित तामाङ लाई उम्मेदवार बनाएको छ। आगामी निर्वाचनमा झापा–५ को नतिजा कसको पक्षमा जाला?

