स्वतन्त्र पार्टी (रास्वपा) को जनकपुरमा हुने सभाका लागि आएका बालेन्द्र शाह र पूर्वयुवराज पारस शाह आइतबार एउटै होटलमा बसेका छन् । उनीहरू सोल्टी समूहले व्यवस्थापन गरिरहेको होटल यात्री निवासमा बसेका हुन् । यद्यपि, शाहनिकट स्रोतले यसलाई संयोग मात्र भएको दाबी गरेको छ । सुरक्षा स्रोतका अनुसार पूर्वयुवराज पारस शाह पारिवारिक कामको सिलसिलामा जनकपुर आएका थिए । उनले होटल निकै पहिले नै बुक गरिसकेका थिए भने बालेन्द्र शाहसहितको टोलीले हालै मात्र होटल बुक गरेको बताइएको छ । काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएपछि बालेन्द्र शाह आइतबार रास्वपाको पार्टी कार्यालय पुगेका थिए । त्यसपछि जनकपुरमा आयोजना हुने सभाका लागि उनी जनकपुर पुगेका हुन् । कार्यक्रमअनुसार बालेन्द्र शाह सोमबार बिहान लहान पुगेर एक कार्यक्रममा सहभागी हुनेछन् । दिउँसो १ बजे पुनः जनकपुर फर्किएर सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

