नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रसमेत रहेको झापा–५ मा आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनमा आफू उम्मेदवार बन्ने संकेत मेयर शाहले दिएका हुन् ।
आइतबार काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाका कार्यवाहक सभापति प्रकाश पाठक नेतृत्वको टोलीसँग भएको भेटघाटका क्रममा मेयर शाहले झापा–५ बाट चुनाव लड्ने तयारीबारे छलफल गरेका थिए। भेटमा उनले झापा–५ को वर्तमान अवस्था, त्यहाँका राजनीतिक तथा सामाजिक परिस्थितिबारे चासो राख्दै विस्तृत जानकारी लिएका थिए।
सो भेटघाटका बारेमा रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठकले भने, “लामो छलफलपछि मेयर शाहले मेरो तयारी झापा–५ बाटै उठ्ने हो भन्ने कुरा स्पष्ट रूपमा राख्नुभएको छ।” यसले झापा–५ को आगामी राजनीतिक समीकरणमा नयाँ बहस सुरु भएको देखिन्छ।

