नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा अस्थायी रूपमा बिजुली कटौती गर्ने जनाएको छ। महाराजगञ्ज वितरण केन्द्र मातहतका क्षेत्रमा वितरण प्रणाली भूमिगत गर्ने तथा प्राविधिक उपकरण जडानका कारण बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म बिजुली कटौती हुनेछ।
पानीपोखरी फिडर अन्तर्गत साङ्ग्रिला होटल अगाडि, लाजिम्पाट, पानीपोखरीका विभिन्न क्षेत्र, महाराजगञ्ज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, राष्ट्रपति भवन शितल निवास, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, प्रहरी अस्पताल, बालुवाटार, चुनदेवी र पञ्चकन्या आसपासका क्षेत्रमा बिजुली कटौती हुने प्राधिकरणले जनाएको छ।
नेपाल विद्युत् प्राधिकरणले यसबाट पर्न जाने असुविधाप्रति क्षमा मागेको छ। तोकिएको काम समय अगावै सम्पन्न भएमा त्यसअघि नै विद्युत् आपूर्ति सुचारु हुन सक्ने बताइएको छ।

