
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँग अब कुनै वार्ता नहुने स्पष्ट पारेका छन्। उनले ईरानी आन्दोलनकारीलाई आन्दोलन जारी राख्न खुला समर्थन गर्दै ‘मेक ईरान ग्रेट अगेन (MIGA)’ नारा अघि सारेका छन्।
ईरानमा बढ्दो महँगीपछि सुरु भएको आन्दोलनमा हजारौँको ज्यान गएको अनुमान छ। इन्टरनेट बन्द, कडा दमन, मृत्युदण्डका घटना र अस्पतालहरू युद्धस्थलजस्ता बनेको खबरले विश्वलाई झस्काएको छ।
अमेरिका, इजरायल र ईरानबीचको तनावले मध्यपूर्व फेरि युद्धतर्फ धकेलिन सक्ने चिन्ता बढेको छ।
📌 विश्व समुदायको चासो, ईरानको अवस्था गम्भीर

