इरानको अवस्थाबारे के भन्छन् भारत फर्किएका विद्यार्थीहरु ? SA News Nepal इरानमा जारी प्रदर्शनका बीच केही भारतीय नागरिक शुक्रबार–शनिबार राति स्वदेश फर्किएका छन्। दिल्ली विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनीहरूले इरानको ताजा अवस्थाबारे जानकारी दिएका छन्। भारत फर्किएका नागरिकहरूले सुरक्षित रूपमा स्वदेश ल्याउन सहयोग गरेको भन्दै भारत सरकारलाई धन्यवाद दिएका छन्। इरानबाट फर्किएकी एक एमबीबीएस छात्राले इन्टरनेट सेवा नहुँदा बाहिरको अवस्थाबारे जानकारी नभएको बताइन्। आफू बसिरहेको स्थानमा प्रदर्शन भइरहेको सुने पनि प्रत्यक्ष रूपमा नदेखेको उनको भनाइ छ। अन्य विद्यार्थीहरूले भने भारत सरकार र भारतीय उच्चायोगबाट पूर्ण सहयोग पाएको बताएका छन्। जम्मू–कश्मिरका शब्बीर हुसैनले तेहरानमा अवस्था क्रमशः सामान्य बन्दै गएको र प्रदर्शनकारीको संख्या पनि घट्दै गएको बताए।
इरानको अवस्थाबारे के भन्छन् भारत फर्किएका विद्यार्थीहरु ?
Leave a Comment

