
अमेरिकाले भेनेजुएलाको कच्चा तेल बोकेका दुई वटा जहाज जफत गरेको छ। उत्तर एट्लान्टिक र क्यारिबियन सागरमा गरिएको कारबाहीमा ती जहाजहरू अमेरिकी सेनाको नियन्त्रणमा लिइएका हुन्। रुसको झन्डा राखिएको एउटा जहाज जफत गरिएपछि रुसले कडा आपत्ति जनाएको छ। भेनेजुएली तेलमाथि लगाइएको प्रतिबन्ध विश्वभर लागू हुने अमेरिकाको दाबी छ।

