अमेरिकन डलरको मूल्य बढ्यो | SA News Nepal नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। एक अमेरिकी डलरको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो, युके पाउण्ड, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल, युएई दिराम, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियाल लगायतका विनिमयदर पनि केन्द्रीय बैङ्कले निर्धारण गरेको छ। नेपाल राष्ट्र बैङ्कका अनुसार विनिमयदर समय–समयमा परिवर्तन हुन सक्ने भएकाले अद्यावधिक जानकारीका लागि आधिकारिक स्रोत हेर्न आग्रह गरिएको छ।
अमेरिकन डलरको मूल्य बढ्यो
Leave a Comment

